चीनले जबाफी कर लगाएपछि अमेरिकी शेअरका लागि कोभिडयताकै खराब साता

चीनको जवाफी करपछि अमेरिकी शेअर बजारमा असर परेको साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Getty Image

  • Author, नटली शरमन
  • Role, बीबीसी न्यूज, न्यू योर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिको जबाफमा चीनले पनि कर लगाएपछि अमेरिकी शेअर बजारमा जारी उथलपुथल शुक्रवार थप गहिरिएको बढेको छ। यसले व्यापार युद्ध विस्तार हुने र विश्वव्यापी अर्थतन्त्रमा क्षति पुग्ने सम्भावना बढाएको छ।

अमेरिकाका तीन वटै प्रमुख शेअर सूचकाङ्क ५ प्रतिशत भन्दा बढीले घटेका छन्। एस एन्ड पी ५०० करिब ६ प्रतिशतले घट्दा यो हप्ता अमेरिकी शेअर बजारका लागि सन् २०२० पछिकै सबैभन्दा खराब साता बनेको छ।

यूकेमा, एफटीएससी १०० लगभग ५ प्रतिशतले घटेको छ। यो पाँच वर्षमा भएको सबैभन्दा तीव्र गिरावट हो। एशियाली बजारहरू पनि घटेका छन् र जर्मनी तथा फ्रान्समा त्यस्तै गिरावट देखिएको छ।

विश्वव्यापी व्यापार व्यवस्थालाई पुनर्निर्माण गर्ने वाचा गरेका ट्रम्पले बजार झट्काबारे व्यक्त भएका चिन्ताहरूलाई खारेज गर्दै अमेरिकी श्रम बजार बलियो रहेको बताएका छन्।

"दृढ सङ्कल्प सहित बस्नुस्," उनले सामाजिक सञ्जालमा आफ्ना फलोअर्सलाई भने। "हामी हार्न सक्दैनौँ।"

ट्रम्पले प्रत्येक देशबाट आउने सामानहरूमा १०% नयाँ आय कर लगाउने घोषणा गरेदेखि विश्वव्यापी शेअर बजारले खर्बौँ डलरको मूल्य गुमाएको छ। त्यसमा चीन, युरोपेली सङ्घ र भियतनाम जस्ता प्रमुख व्यापारिक साझेदारहरू सहित दर्जनौँ देशका उत्पादनहरूले धेरै उच्च दरहरूको सामना गरिरहेका छन्।

शनिवारदेखि लागू हुनेसहितका यी केही कदमहरू सन् १९६८ पछि अमेरिकामा भएका सबैभन्दा ठूलो कर वृद्धि भएको विश्लेषकहरूले बताएका छन्।

यी उपायहरूले व्यापारमा सङ्कुचन ल्याउने ठानिएको बताउँदै उनीहरूले यसले धेरै देशहरूलाई आर्थिक मन्दीमा धकेल्न सक्ने भन्दै चेतावनी दिएका छन्।

चीनले शुक्रवार ट्रम्पको कदमहरूलाई "धम्की" र अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लङ्घनको रूपमा व्याख्या गर्दै अमेरिकी सामानहरूमा ३४% आयात कर लगाएर, मुख्य खनिजहरूको निर्यातमा रोक लगाएको छ र अमेरिकी कम्पनीहरूलाई आफ्नो कालोसूचीमा राखेर ट्रम्पको कदमप्रति प्रतिक्रिया दिएको छ।

ह्वाइट हाउसले वार्ताबारे विरोधाभासपूर्ण सङ्केतहरू दिएका बेला अन्य देशहरूले सम्झौताहरूमा वार्ता गर्न सकिने अपेक्षा राखेको देखिन्छ।

प्रतिकार गर्ने योजना गर्दै आएको युरोपेली सङ्घका लागि व्यापार आयुक्त रहेका मारुस सेफ्चोविचले शुक्रवार अमेरिकी अधिकारीहरूसँग दुई घण्टा "स्पष्ट रूपमा" कुराकानी भएको बताए र सामाजिक सञ्जालमा व्यापार सम्बन्धलाई "नयाँ दृष्टिकोण" आवश्यक रहेको उल्लेख गरे।

"युरोपेली सङ्घ अर्थपूर्ण वार्ताका लागि प्रतिबद्ध छ, तर हाम्रा स्वार्थहरूको रक्षा गर्न पनि तयार छ," उनले भने। "हामी सम्पर्कमा रहन्छौँ।"

ट्रम्पले चालेका कदमहरू गत वर्ष चुनावी अभियानमा गरेका वाचाहरूसँग मिल्दा छन्।

तर तिनीहरू केही विश्लेषकहरूले अपेक्षा गरेको भन्दा धेरै दूरगामी थिए, जसले गर्दा सन् २०२० पछि शेअर बजारको लागि सबैभन्दा खराब हप्ता भयो। त्यति बेला कोभिड-१९ महामारीले विश्वव्यापी बन्द र अन्य बाधाहरू निम्त्याएका थिए।

शेअर बजारको गिरावट एप्पल र नाइकी जस्ता कम्पनीहरूबाट सुरु भयो, जुन एशियाका आपूर्तिकर्ताहरूमा धेरै निर्भर छन्। तर शुक्रवार यो उपभोग्य वस्तुहरू, स्वास्थ्य सेवा र उपयोगिताहरू जस्ता शुल्कको प्रत्यक्ष प्रभावको सामना नगर्ने क्षेत्रहरूमा सर्‍यो।

"स्पष्ट रूपमा हेर्दा मनस्थिति एकदमै बिग्रिएको छ र यो हुनुपर्छ," अमेरिकाको होराइजन इन्भेस्टमेन्टका अनुसन्धान र रणनीति प्रमुख माइक डिक्सनले भने। उनले ट्रम्पको करको प्रभाव बुझ्न थप साताहरू लाग्ने चेतावनी दिए।

"बिहान ६ बजे [चीनले प्रतिकार गरेको] देख्दा हामी त्यसले साँच्चै चिन्तित भएका छौँ," उनले भने, "त्यसमध्ये अझै कति बाँकी छ");